आज हामी जेजसरी बाँचेका छौँ, एउटा जीवनशैली छ । यी जीवनशैलीहरुमा विज्ञानको प्रमुख योगदान रहेको छ । अहिले कतिपय देशहरुमा त श्वास फेर्न पनि विज्ञान र प्रविधिको प्रयोग हुन्छ । हामीले फोन गछौँ, इन्टरनेट चलाउछौँ, देशविदेशको यात्रा गर्दछौँ, कृषि गर्छौँ, जाडोमा पानी तताउछौँ, गर्मीमा फ्यान चलाउछौँ, केके गर्छौँ भनि साध्य छैन, यी सबैमा वैज्ञानिकहरुको योगदानको हात छ । तर यस्ता काम गर्ने र गर्ने आधार तयार पार्नेहरुबारे हामीले त्यति चासो नदिएका पनि हुन सक्छौँ । सबैको नाम किटान हुन सकेको छैन र भएकालाई पनि हामीले सम्झिन सक्दैनौँ । मानौँ हवाइजहाज बनाउनेभन्दा महगों सिटमा जहाज चढ्नेहरु हाम्रो सम्झनामा रहन्छन् ...
No comments:
Post a Comment